विराटनगरमा ३ संक्रमितको मृत्यु
फरकधार / १८ बैशाख, २०७८

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराई रहेका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३ जना संक्रमितमध्ये एक जनाको हृदयघातबाट मृत्यु भएको अस्पतालले बताएको छ ।

मृत्यु हुनेहरूमा सप्तरीेको राजविराज–९ का ४५ वर्षीय पुरुष, महोत्तरी–६ का ३५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ५ का ५५ वर्षीय पुरुष रहेका छन् । 

आइसोलेसनमा उपचाररत तीनै जना संक्रमितको आधा घन्टामा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 

  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १२:३१:१४,   अन्तिम अपडेट : बैशाख १८, २०७८ शनिबार १२:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया