नेपाल भलिबल संघले बढ्दो कोरोना महामारीलाई ध्यानमा राख्दै केही समयका लागि भलिबलका सम्पूर्ण गतिविधि स्थगित गरेको छ ।
संघले शनिबार सामाजिक सञ्जाल फेसबुकको आधिकारिक पेजमार्फत केही समयका लागि भलिबलका सम्पूर्ण गतिविधि स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो ।
संघले फेसबुकका पोस्ट गरेको छ, ‘नेपाल भलिबल संघले नेपाल सरकारको नियम अनुसार कोरोना महामारीका कारण विभिन्न स्थानमा लागू गरिएको निषेधाज्ञा र सम्पूर्णको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै केही समयका लागि भलिबल खेल गतिविधि स्थगित गरिएको जानकारी गराउँदै आफू रहेको स्थानमा सुरक्षित रहन अनुरोध गर्दछ ।’
भलिबल संघको यो निर्णयपछि तत्कालका लागि कुनै भलिबल प्रतियोगिता र प्रशिक्षण हुने छैनन् ।
यसले आगामी अगस्ट-सेप्टेम्बरमा चीनमा हुने एभिसी महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षण पनि केही पछाडि सर्ने भएको छ ।
यसअघि वैशाखबाट प्रशिक्षण सुरु गर्ने तयारी थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।