नेपाल सुपर लिग : धनगढीको सहज  जित

नेपाल सुपर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा धनगढी  एफसी विजयी भएको  छ ।

उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनमाथि ३-० को सहज जित दर्ता गरेको हो ।

खेलको ६४ औं मिनेटमा निशान खड्काको क्रसमा गोल गर्दै  निशान लिम्बूले  धनगढीलाई अग्रता  दिलाए ।

६९ औं मिनेटमा निशान लिम्बूको पासलाई  सदुपयोग गर्दै अलावाले अफिजले टोलीको  अग्रता  दोब्बर बनाए ।

८० औं मिनेटमा बुद्ध वल तामाङले  गोल गर्दै धनगढीलाई सहज जित दिलाए ।

जितसँगै धनगढी  ४ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।



चितवनको ३ खेलबाट २ अंक छ ।



  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १६:३१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया