थपिए ५७६३ कोरोनाभाइरस संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ६३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि एकै दिन थपिएका संक्रमितको संख्या यो सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७  जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यो समयमा १४ हजार ९ सय ६९ कोरोनाभाइरस परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, २४ घन्टामा १९ जनाको कोरोनाबाट मृत्यु भएको प्रमाणित भएको छ ।

यही समयमा १ हजार २ सय ८७ जनाले कोरोनाभाइरसलाई जितेका छन् ।

योसँगै नेपालमा अहिलेसम्म ३ हजार २ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो कूल संक्रमितको एक प्रतिशत हो ।
 





  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १६:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया