पछिल्लो २४ घन्टामा सबैभन्दा बढी संक्रमित ३० देखि ३९ वर्षका

नेपालमा पछिल्ला दिनमा कोरोनाभाइरसको संक्रमण रफ्तार निकै द्रुत गतिमा अगाडि बढिरहेको छ।

पछिल्लो २४ घन्टामा नेपालमा ५ हजार ७ सय ६० जनाभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यसमा सबैभन्दा बढी संक्रमण ३० देखि ३९ वर्षको उमेर समूहमा देखिएको छ । यो उमेर समूहका १ हजार ४ सय ४१ ज्नामा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यसपछि २० देखि २९ वर्षका युवाहरुमा पनि कोरोना संक्रमण दर बढी देखिएको छ । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ४६ जना यो समूहका व्यक्तिहरु कोरोना संक्रमित भएका छन् ।

यो २४ घन्टामा सबैभन्दा बढी संक्रमितको संख्या भएको तेस्रो उमेर समूह हो, ४० देखि ४९ वर्ष । १ हजार ८३ जना यो उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घन्टामा १९ वर्षमुनिका ४ सय ८ जना र ८० वर्ष माथिका ५८ जनामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।



पछिल्लो तथ्यांकअनुसार ५ सयभन्दा बढी कोरोनाभाइरसका सक्रिय संक्रमित भएको जिल्लाको संख्या १२ पुगेको छ ।



  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १६:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया