आजबाट काठमाडौंमा निषेधाज्ञामा थप कडाइ

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । निषेधाज्ञा लागू भए पनि केही दिन यता सडकमा सवारी चाप घटेको थिएन । त्यस्तै, बैंक तथा वित्तिय संस्थामा भीडभाड पनि बढ्दो थियो ।

यसले कोरोना संक्रमण दरमा थप सहज बनाउन सक्ने अनुमान गर्दै सिसिएमसीले आजबाट उपत्यकाको निषेधाज्ञा थप कडा गर्ने जनाएको हो ।

निषेधाज्ञा थप कडाइ गर्दा पत्रकारहरुलाई पनि अब सूचना विभागको कार्ड अनिवार्य गरिएको छ ।

यसअघि पत्रकारहरुले सम्बन्धित प्रकाशन गृहको कार्डमा पनि आवतजावत गर्न पाएका थिए ।

यस्तो गर्दा दुरुपयोग बढेको भन्दै सिसिएमसीले यो निर्णय गरेको हो । 

बिहीबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा लगाइएको छ । मन्त्रिपरिषद् बैठकले अर्को एक साता निषेधाज्ञा थप्ने जनाइसकेको छ ।



काठमाडौंमा शनिबार मात्र १९३२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । काठमाडौंमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या रफ्तारमा बढिरहेको छ ।



  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार ४:९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया