स्पेनिस क्लब बार्सिलोना आफ्नो पूर्वखेलाडी नेयमारलाई क्याम्प नोउ फर्काउने प्रयासमा रहेको छ । उ चाहन्छ, लियोनेल मेस्सी र नेयमार फेरि सँगै खेलुन् ।
यी ब्राजिलियनले पनि मेस्सीसँग खेल्ने इच्छालाई लुकाउन सकेका छैनन् । उनले बेला बेलामा भन्दै आएका छन्, मेस्सीसँग फेरि खेल्ने इच्छा छ ।
यसका लागि कहिले उनी बार्सिलोना फर्कने त कहिले मेस्सीलाई पिएसजी ल्याउने प्रयासमा छन् ।
बार्सिलोनाका नयाँ अध्यक्ष जोन लोपार्टा पनि यही समरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट नेयमारलाई क्लब फर्काउन इच्छुक देखिएका छन् ।
एक रिपोर्टले लोपार्टाले नेयमारको बारेमा कुरा राखेको तर पिएसजीले सिधै अस्वीकार गरेको बताएको छ ।
रिपोर्टका अनुसार पिएसजीले बार्सिलोनालाई फर्काएको जवाफमा भनिएको छ, नेयमार बिक्रीका लागि होइनन् ।
नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका थिए । उनी र पिएसजी बीचको सम्झौता सन् २०२२ को समरमा सकिँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।