जसपाका चारजना सांसदको रिट सर्वोच्चले फिर्ता गरिदियो

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चारजना सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिलेलाई रिट फिर्ता गरिएको हो । 

निलम्बित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको निर्णयविरुद्ध रिट लिएर आएका थिए। ती चार नेता मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै उनीहरु प्रदेश सरकारमा मन्त्री बनेका थिए । 

जसपाका दुई नेताको हस्ताक्षरमा उनीहरुलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका थिए। सर्वोच्चले निषेधाज्ञा रहेकाले अत्यावश्यक निवेदन मात्रै दर्ता गर्ने भन्दै निषेधाज्ञापछि मात्रै आउन भनेर फर्काइदिएको हो । सर्वोच्चले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषय बाहेकका रिट निवेदन नलिने निर्णय गरिसकेको छ।





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १४:५२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया