नेपालमा पछिल्ला केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या निकै बढिरहेको छ । शुक्रबार यता दैनिक संक्रमितको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ ।
नेपालमा शनिबार मात्र ५ हजार ७ सय ६३ जना कोरोनाभाइरस संक्रमित थपिएका थिए । नेपालमा कोरोनाभाइरस देखिएपछि सबैभन्दा बढी संख्यामा शनिबार संक्रमित थपिएका थिए ।
नेपालमा कोरोनाको पहिलो लहर देखिएको समयमा गत वर्ष कार्तिकमा सबैभन्दा बढी संक्रमित एकै दिनमा थपिएका थिए । त्यो दिन नेपालमा ५ हजार ७ सय २४ जना कोरोना संक्रमित थपिएका थिए ।
शनिबार त्यो रेकर्ड कोरोनाभाइरस संक्रमितको संख्यालाई जितेको थियो ।
तर, आइतबार शनिबारको भन्दा पनि धेरै संक्रमित थपिएका छन् । आइतबार नेपालमा कोरोनाभाइरस संक्रमित ७ हजार १ सय ३७ जना थपिएका हुन् ।
नेपालमा यो साता २३ हजार ३ सय ३१ जना संक्रमित थपिएका छन् । आइतबार नेपालमा कोरोनाभाइरसका कारण २७ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।