नेपालमा कोरोनाका सक्रिय संक्रमित– ४८ हजार ७ सय ११

नेपालमा आइतबार अहिलेसम्मकै धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

नेपालमा आइतबार मात्र पिसिआर परीक्षणमा ७ हजार २ सय ११ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । यो नेपालमा अहिलेसम्म एकै दिनमा भेटिएको सर्वाधिक संक्रमितको संख्या हो ।

नेपालमा पछिल्लो २४ घन्टामा २७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यसअघि ज्यान गुमाएका र यो अवधिमा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको संख्या १४ छ ।

यहीबीच नेपालमा अब सक्रिय संक्रमितको संख्या झन्डै ५० हजार पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकअनुसार नेपालमा अब कोरोनाका सक्रिय संक्रमित ४८ हजार ७ सय ११ रहेका छन् । नेपालमा अहिलेसम्म कोरोनाका कारण ३ हजार ३ सय २५ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै काठमाडौंमा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्र पछिल्लो २४ घन्टामा २७४४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार २ सय ७३ पुरुष र २ हजार ८ सय ६४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।



  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १६:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया