अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई सरकारले फिर्ता बोलायो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दीको स्वास्थ्य संस्थामा फर्किएर काममा लाग्न निर्देशन दिएको छ। मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण भयावह भएपछि उपचार व्यवस्थापन गर्न अध्ययन बिदामा भएकालाई बोलाएको हो।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आइतवारै मन्त्रालयमा बसेको बैठकले अध्ययन बिदामा रहेका र हाल अध्ययनमा नरहेका सबै स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको बताए

मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ । ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने अधिकारीले बताए।





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १९:४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया