नेपाल सुपर लिग अन्तर्गत आइतबारको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको २० औँ मिनेटमा कप्तान नवयुग श्रेष्ठले ललितपुरका डिफेन्डर र गोलरक्षक अर्पण कार्कीलाई विट गर्दै प्रहार गरेको चिप बल बारभन्दा केहीमाथिबाट बाहिरिँदा पोखरा अग्रता लिनबाट चुक्यो ।
४४ औँ मिनेटमा नवयुगको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
खेलको ५१ औँ मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टको प्रहारलाई पोखराका डिफेन्डर अजित भण्डारीले गोल लाइनबाट बचाउँदै टोलीको खतरा टारे ।
८६ औँ मिनेटमा अञ्जनले पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन् । उनले डिबक्स भित्रबाट गरेको फितलो प्रहारलाई पोखराका गोलरक्षक दिप कार्कीले सहजै बचाए ।
यो नतिजासँगै समान ४ खेलबाट पोखराले ५ र ललितपुरले ३ अंक जोडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।