प्रदेश २ सरकारले कोरोना नियन्त्रणमा खटिएका व्यक्ति संक्रमित भए उपचार खर्च व्यहोर्ने

कोरोना महामारीको दोस्रो लहर भयावह रुप लिँदै गइरहेको अवस्थामा प्रदेश २ सरकारले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका जनशक्ति संक्रमित भए उनीहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भविष्यमा बढने सक्ने संक्रमितहरुको चापलाई ध्यानमा राख्दै प्रदेशभित्रका अन्य निजी अस्पताललाई पनि नेपाल सरकारको मापदण्डबमोजिम सम्झौता गरी सञ्चालनमा ल्याउन सक्ने निर्णय गरेको छ । त्यसका लागि सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी, प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा गरिने पिसिआर टेष्ट गर्न लगाउने निर्णयसमेत गरेको छ ।  

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पिसिसिएमसीको बैठकमा मन्त्रीहरु, प्रमुख सचिव, प्रदेश सरकारका सचिव, सुरक्षा निकायका प्रमुख एवं स्वास्थ्य क्षेत्रका पदाधिकारीको उपस्थिति थियो ।





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार २०:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया