इन्टर मिलानले जित्यो ११ वर्षपछि सिरी 'ए'को उपाधि

इटालियन फुटबलमा ११ वर्षपछि इन्टर मिलान च्याम्पियन बनेको छ । इन्टरले ११ वर्षपछि इटालियन सिरी ’ए’ फुटबलको उपाधि जितेको छ ।

आइतबार दोस्रो स्थानको एटलान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो ।

यसअघि सिरी ’ए’ मा रहेको युभेन्टसकाे एकलौटी राज यसपटक इन्टरले तोड्न सफल भएको छ । इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ’ए’ को उपाधि जितेको थियो ।

हिजो भएको खेलमा दोस्रो स्थानमा रहेको एटलान्टाले सासोउलोसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । 

एटलान्टाका लागि खेलको ३२औँ मिनेटमा रोबिन गोसेन्सले गोल गरेका थिए । तर, सासोउलोका डोमिनिको बेरार्डीले ५२औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए । 

एटलान्टाका गोल्लिनीले खेलको २२औँ मिनेटमै रातो कार्ड पाएका थिए । एटलान्टाले बराबरी खेलेसँगै इन्टरले १३ अंकको स्पस्ट अग्रता बनाउँदै उपाधि जितेको हो ।





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार ६:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया