दोहोरिएका मुख्यमन्त्री पोखरेलको निर्णय : कोरोना कोषमा थप १० करोड, ५८३ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी

लुम्बिनी प्रदेशमा दोस्रोपटक मुख्यमन्त्री पदको सपथ लिएका शंकर पोखरेलले दोस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठकबाट कोरोना संक्रमण नियन्त्रणका लागि कदम चालेका छन् । 

मुख्यमन्त्री पोखरेलले हिजो सपथग्रहण लगत्तै हिजै राति पहिलो मन्त्रिपरिषद्को बैठक गरेका छन् । उक्त बैठकले प्रदेशको कोरोना कोषमा १० करोड रुपैयाँ थप्ने निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमणको दोस्रो लहरले अत्यधिक प्रभावित लुम्बिनी प्रदेशमा थप ५ सय ८३ जना स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ । 

जसअन्तर्गत भीम अस्पताल भैरहवाका लागि ७१, कोरोना विशेष अस्पताल बुटवलका लागि १८९, बेलझुण्डी कोरोना अस्पताल, दाङका लागि १७१ र भेरी अस्पताल, बाँकेका लागि १ सय ५२ जनाको दरबन्दी स्वीकृत गरेको हो ।

विपक्षी दलहरुको विरोधका बीच हिजो आइतबार मुख्यमन्त्री पोखरेलले एकल बहुमतको सरकार बनाउनका लागि पदबाट राजीनामा दिएर हिजै पुनः नियुक्ति पाएका थिए । 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार ७:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया