आइपिएल क्रिकेट : दिल्ली अंक तालिकाको शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटको शीर्ष स्थानमा दिल्ली क्यपिटल्स पुगेको छ । गएराति भएको खेलमा पन्जाब किंग्सलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुगेको हो । 

दिल्लीले पन्जाबलाई ७ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । अहमदाबादमा आइतबार राति पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए । शिम्रोन हिटमायर १६ रनमा अविजित रहदा कप्तान ऋषभ पन्तले १४ रन जोडे ।

पन्जाबका लागि क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्ग खेले ।

पन्जाबका डाविड मालनले २६ रन जोड्दा क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए । दिल्लीका लागि कागिसो राबडाले ३ विकेट लिए ।



पन्जाबमाथिको जितसँगै दिल्ली ८ खेलमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पन्जाब ८ खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।



  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार ७:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया