विश्वप्रकाश शर्मालाई काेराेना संक्रमण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई काेराेना संक्रमण भएकाे छ । शर्मालाई साेमबार बिहान काेराेना पाेजेटिभ देखिएकाे हाे । 

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका शर्माकाे आज बिहान आएकाे रिपोर्टमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमण पुष्टि भएसँगै डाक्टरको सल्लाह अनुसार आफूले औषधि सेवन सुरु गरेकाे शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

शर्माले आफूमा काेराेनाका लक्षणहरु देखिएकाे र टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाको निर्देशन अनुसार औषधि सेवन सुरु गरेकाे बताएका छन् । 

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र...

Posted by Bishwa Prakash Sharma on Sunday, May 2, 2021




  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार ९:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया