लुम्बिनीका दुई सांसद : मुख्यमन्त्रीलाई छाडेको २४ घण्टा नबित्दै एमालेमा फर्किए

मुख्यमन्त्री शंकर पोखरेललाई अफ्ठ्यारो पार्ने गरि आइतवार एमाले संसदीय दल छाडेका लुम्बिनी प्रदेशका दुईजना सांसदले २४ घण्टा नबित्दै निर्णय परिवर्तन गरेका छन्। 

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर फेरि सपथ लिँदै गर्दा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई साथ दिन पुगेका दुई सांसदहरु धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही एमाले संसदीय दलमै रहने गरी फर्किएका हुन्।

२०७४ को निर्वाचनमा उनीहरुसहित संघीय सरकारका स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सूर्य चिन्हबाट चुनाव जितेका थिए। त्रिपाठी संघीय सरकारको मन्त्री रहेको अवस्थामा उनीनिकट प्रदेशका दुई सांसद माओवादीतर्फ लागेपछि दबाबमा परेका थिए। 

यस्तोमा मुख्यमन्त्री पोखरेलले पनि सूर्य चिन्हबाट लडेकाहरू अन्य पार्टीमा जान सक्ने कानुनी व्यवस्था नै नरहेको तर्क गरेका थिए। एमाले संसदीय दलमै फर्किएका श्रीवास्तव कपिलबस्तु-२ ख बाट निर्वाचित हुन् भने शाही नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित भएका थिए। 

उनीहरुले एमाले संसदीय दलमै फर्किएर मुख्यमन्त्री पोखरेललाई समर्थन जनाउने बताएका छन्। दुवै स्वतन्त्र सांसद माओवादीलाई सघाउन गएपछि अफ्ठ्यारो परेका पोखरेललाई यो निर्णयले केही राहत मिलेको छ। 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १२:२३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया