एमालेले नेपाल पक्षका थप तीनजना सांसदलाई सोध्यो स्पष्टीकरण

नेकपा एमालेले माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेका सांसदहरु गंगा चौधरी सत्गौवा, कलिला खातुन र समिना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

 एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समिना हुसेनलाई स्पष्टीकरण सोधेको जानकारी दिएका छन्।

उनीहरुले पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लगाइएको छ। साथै पार्टी विरोधी गतिविधि गरेको भन्दै सांसद पदबाट बर्खास्त किन नगर्ने ? भनेर स्पष्टीकरण सोधिएको हो। यही वैशाख १६ गते स्पष्टीकरण पत्र पाएका उनीहरूले जवाफ फर्काइसकेका छन्। 

उनीहरु पछिल्लो समय एमाले नेपाल पक्षमा सक्रिय भएका थिए । यसअघि एमालेले माधव नेपालसहित घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिसकेको छ। यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो। योसँगै स्पष्टीकरण सोधिएका सांसदको संख्या ३० पुगेको छ।





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १४:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया