हरेक दिन रेकर्ड तोड्दै कोरोना : थपिए ७४ सय ४८ संक्रमित, ३७ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ। पछिल्लो २४ घण्टामा नेपालभर ७४ सय ४८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा अहिलेसम्मकै धेरै ३७ जनाले ज्यान गुमाएका छन्। 

मन्त्रालयका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा ७३ सय ८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको हो। 

गत २४ घण्टामा पिसिआरबाट १७ हजार १७६ परीक्षण भएको थियो। त्यस्तै एन्टिजेन विधिबाट ५१८ परीक्षण भएको थियो। यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ। 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १७:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया