सेनाले भन्यो– सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्छ

नेपाली सेनाले सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने बताएको छ । सेनाले कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको जनाउँदै सामूहिक शवदाहमा जानुपर्ने बताएको हो । 

सेनाले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनको काम गर्दै आएको छ । पशुपतिनाथस्थित विद्युतीय मेसिन बिग्रिएकोले सोमबार केही शव बागमती नदीको किनारमा जलाइएको थियो । 

यसअघि काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा कोभिडका कारण ज्यान गुमाएकाहरुको शव पशुपतिनाथस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गर्दै आइएको थियो । 

सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले भने सेनाले मृतकका परिवारको सरसल्लाह, धर्मअनुसार नै शव व्यवस्थापन गर्न पाउन् भन्ने चाहेको र मृत्यदर बढ्यो भने सामूहिक शवदाह गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १७:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया