नेपाल सुपर लिग : चितवनलाई हराउँदै विराटनगर शीर्ष स्थानमा

नेपाल सुपर लिगअन्तर्गत सोमबारको खेलमा विराटनगर सिटी एफसी विजयी भएको छ ।
 
उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनमाथि २–० को जित हात पारेको हो । 

खेलको ७३औँ मिनेटमा पेड्रो मान्जी क्रुजले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए । 

उनले सुनिलको फ्रिकिक बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका थिए । 

८९औँ मिनेटमा सन्तोष तामाङले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत हुँदा विराटनगरले सहज जित हात पार्यो । 

जितसँगै विराटनगर ४ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा चितवन समान खेलबाट २ अंक जोड्दै अन्तिम स्थानमा छ । 
 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १९:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया