लमजुङका राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकामा निषेधाज्ञा

लमजुङका दुई स्थानमा एक साता निषेधाज्ञाको आदेश जारी गरिएको छ। 

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कोरोना संक्रमण न्यूनीकरणका लागि सो आदेश जारी गरेको हो । 

राइनास नगरपालिका ७ र दूधपोखरी गाउँपालिकाको वडा १ र २ को सम्पूर्ण क्षेत्रमा मंगलबार बिहान ६ बजेदेखि वैशाख २७ गते मध्यराति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो। 

अत्यावश्यक काममा बाहेक कुनै पनि कार्यका लागि बाहिर निस्कन नपाउने  प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए।

खाद्यान्न तथा तरकारी पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नदिइने बैठकले निर्णय गरेको प्रजिअ लुइँटेलले जानकारी दिए।





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार २०:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया