बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु
फरकधार / २१ बैशाख, २०७८
सांकेतिक फोटो

 बैतडीमा चट्याङ लागेर एक जनप्रतिनिधिको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको हो ।

घर नजिकै गहुँ, मकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् । 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार ७:४१:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया