पदमुक्त भएकोमा अत्यन्तै खुसी छु : अमिक शेरचन
पोखरामा पत्रकार सम्मेलनमा गर्दै अमिक शेरचन ।

गण्डकीको प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले अहिलेको राजनीतिक दिशा निरंकुशतातर्फ उन्मुख भएको बताएका छन् । 

सोमबार पदबाट बर्खास्त भएका शेरचनले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै अधिकारबिहीन भएर पदमा बसिरहनु भन्दा यसबाट मुक्त हुनु नै उपयुक्त भएको भनाइ उनले राखेका छन् । 

‘पदमुक्त भएकोमा अन्यतै खुसी छु। राष्ट्रपति ज्यूलाई मुरी मुरी धन्यवाद अधिकार बिहीन भएर जेलबाट मुक्त गरिदिएकोमा’ उनले भने । आफूले सुरुमा यो पद अस्वीकार गरेपनि पार्टीका अनुशासित कार्यकर्ता भएकाले स्वीकार्न बाध्य भएको उनले दावी गरे।


संविधान अनुसार कुनै निर्णयमा प्रभाव पार्ने अधिकार आफूलाई नभएकाले आफूले सरकारलाई कुनै अप्ठेरो नपारेको उनको स्पष्टोक्ति छ । प्रदेश प्रमुखका हिसाबमा आफूले कुनै पक्षमा लागेर निर्णय नगरेको उनले बताए ।

आफ्नो कुनै अधिकार नभएकाले कार्य अवधिभर आनन्दले बसेको उनले बताए । ‘निकै आनन्द भयो, काम केही थिएन, अधिकार केही थिएन, चुपचाप बसियो, झन कोरोनाले त घरबाहिर पनि ननिस्कन भन्यो’ शेरचनले भने । 

राजीनामा मागेको भए आफूले सहजै दिनेमा जानकारीसम्म पनि नदिएर पदबाट हटाउनु आश्चर्य रहेको उनले बताएका छन् । 
 





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १०:१०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया