हेटौँडामा कोरोनाबाट थप एक जनाको मृत्यु
फरकधार / २१ बैशाख, २०७८

हेटौँडामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । हेटौँडा उप-महानगरपालिका-६ की ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचार चलिरहेको थियो । सोही उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार भर्ना गरिएको थियो । साेमबार नै उनकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे थियाे ।

योसँगै हेटौँडा अस्पतालमा कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ ।
 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १२:१०:९,   अन्तिम अपडेट : बैशाख २१, २०७८ मंगलबार १२:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया