रोकियो ‘बाबरी’ काे छायांकन
फरकधार / २१ बैशाख, २०७८

झापामा निषेधाज्ञा जारी भएसँगै चलचित्र ‘बाबरी’ को छायांकन रोकिएको छ । गत वैशाख ६ गतेबाट चलचित्र टिम छायांकनमा गएको थियो । आइतबार रातिबाट झापामा निषेधाज्ञा घोषणा गरेपछि चलचित्रकाे  छायांकन रोकिएको हो ।

चलचित्रको छायांकन रोक्नु अघिसम्म पहिलो सेड्यूल छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । छायांकन रोकिएसँगै चलचित्र निर्माण टिम काठमाडौं फर्किएको छ । नेपालमा छायांकन सकेर सिक्किम छायांकनका लागि निस्कने तयारीमा टिम रहेको थियो ।

सिक्किममा पनि अहिले छायांकन गर्ने अवस्था नभएकाले पनि छायांकन रोकिएको निर्माण टिमले बताएको छ । यसअघि चलचित्र ‘आँधी तुफान २’को पनि छायांकन स्थगित भएको थियो । 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १२:२७:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया