उपत्याकाको निषेधाज्ञा वैशाख २९ सम्म थपियो, बिहान ७ देखि ९ बजेसम्म पसल खुल्ने

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थपेको छ। आज दिउँसो उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय लिएको हो। 

तीनै जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञामा थप कडाइ गरेको छ। अबदेखि बजार पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ। बैठकले सडकमा पनि सवारीसाधन अनुगमनलाई कडा बनाउने निर्णय लिएको छ। 

उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफलका लागि बैठक बसेको थियो। आजको बैठकले निषेधाज्ञा थप गरेको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएका छन्। 

पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदैछ। थप कडाइका साथ निषेधाज्ञा लगाउने निर्णय भएको पराजुलीले बताए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौला कोरोना संक्रमित भएपछि अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए। उनको ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारी बैठकमा सहभागी भए। आफू कोरोना संक्रमित भएपछि भौतिक रुपमा बैठकमा सहभागी भएको निरौलाले बताए। 





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १५:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया