१३ लाखभन्दा बढीको अवैध सुर्तीजन्य पदार्थ बरामद
फरकधार / २१ बैशाख, २०७८

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो परिणाममा अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । मंगलबार नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको ना ४ ख ७६५३ नम्बरको ट्रकलाई वीरेन्द्रनगर स्थित सुब्वाकुना प्रहरी पोष्टमा प्रहरीले नियन्त्रणमा लिएर खोजतलास गर्दा ठुलो मात्रामा राजश्व छलीका सुर्तीजन्य पदार्थ फेला परेको हो ।

प्रहरीले गोल्डेन काली नामको सुर्ती ५४ बोरामा २६ सय प्याकेट नियन्त्रणमा लिएको छ । न्यू-पश्चिमाञ्चल ट्रेडर्स कपिलवस्तुको भ्याट नम्बर ३०५३०४७६४ बाट महादेव स्टोर सुर्खेतको भ्याट नम्बर ३०५६५३२५७ मा भ्याट सहित १३ लाख ६६ हजार १७० रूपैँयाको बिल बनाएर पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १७:१८:३७,   अन्तिम अपडेट : बैशाख २१, २०७८ मंगलबार १७:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया