भारतमा कोरोना संक्रमित २ करोड नाघे
फरकधार / २१ बैशाख, २०७८

भारत सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या घटिरहेको बताए पनि मंगलबार मात्रै तीन लाख ५५ हजार नयाँ सङ्क्रमित थपिएका छन् । 

जुन अप्रिल ३० तारिखमा देखिएको चार लाख दैनिक सङ्ख्याभन्दा कम हो। योसँगै कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ ।  

साँच्चै सङ्क्रमित हुनेको सङ्ख्या निकै धेरै भएको तर परीक्षण सङ्ख्या घटाइएका कारण संक्रमित संख्या घटेको आशङ्का गरिएको छ।

भारतमा दोस्रो लहरका बेला अस्पतालहरूमा भिड बढेको छ । अत्यावश्यक सेवामा ढिलाइ हुँदा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ।

भारतमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २,२२,००० पुगेको छ। तर, विज्ञहरू भने मृत्यु हुनेको सङ्ख्या निकै कम मात्रै गणनामा आएको बताउँछन्।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १७:१८:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया