बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नम्बर ६ का ५० वर्षीय जितसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

दुर्घटना परी घाइते भएका चालक तेजबहादुर बोहराको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका अन्या ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ। घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहनसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी, ५० वर्षीय खेमसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारी रहेका छन्।

जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। साँघुरो घुम्तीका कारण जिप दुर्घटनामा भएको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १७:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया