विश्‍वासको मत लिँदा प्रधानमन्त्रीलाई फेल गराउने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा फेल गराउने निर्णय लिएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले यस्तो निर्णय लिएको हो। उक्त बैठकमा बजेट अधिवेशनमा जानुपर्ने बेलामा  विशेष अधिवेशन बोलाइएको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए। 

देउवा निवासको पदाधिकारी बैठकपछि पार्टीका सह-महामन्त्री डा. प्रकाशशरण महतले विश्वासको मत लिँदा ओलीलाई फेल गराउने निचोड आजको बैठकले निकालेको बताए।

'प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन डाक्नु भएको छ', महतले बैठकपछि पत्रकारहरुसँग भने, 'विश्वासको मत लिने क्रममा कांग्रेसले ओलीलाई फेल गराउने निर्णय लिएको छ।'

आजै बसेको माओवादी केन्द्र स्थायी कमिटी बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। माओवादीले पनि ओलीले बोलाएको विशेष अधिवेशनलाई असंवैधानिक र प्रतिगामी कदमको संज्ञा दिएको छ। 





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १८:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया