मंगलबार कोरोनाले नेपालमा बनाएका ४ रेकर्ड्स

छिमेकी मुलुक भारतमा जस्तै नेपालमा पनि कोरोनाभाइरसका कारण भयावह स्थिति आइसकेको छ । नेपालका अधिकांश अस्पतालहरु कोभिड १९ का बिरामीले भरिएका छन् । कतिपय ठाउँमा अक्सिजनको हाहाकार भइसकेको छ, यसका कारण नेपालमा मृत्यु हुनेको संख्या दैनिक बढ्दै छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोनाभाइरस संक्रमण देखिएपछि मंगलबार कोरोनाले चार नयाँ रेकर्ड बनाएको छ ।

नेपालमा कोरोनाभाइरस देखिएपछि मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । मंगलबारको २४ घन्टामा ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । यो अहिलेसम्मकै धेरै हो । 

त्यस्तै, अहिलेसम्म नेपालमा भेटिएका कोरोनाभाइरस संक्रमितमध्ये झन्डै आधा काठमाडौं उपत्यकामा मात्र थपिएका छन् । यसअघि काठमाडौं जम्म संक्रमितको संख्यामा उपत्यकामा यति धेरै संक्रमित थपिएका थिएनन् । काठमाडौंमा मात्रै मंगलबार ३ हजार ८ सय ९३ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा कोरोना संक्रमण पछि ५५ जनाले ज्यान गुमाएका छन् । नेपालमा एकै दिन कोरोनाका कारण सबैभन्दा बढी कोरोनाका कारण ज्यान गुमाउनेको यो संख्या पनि सर्वाधिक हो ।

मंगलबार नेपालमा १६ हजार १ सय ३१ पिसिआर परीक्षण गरिएको थियो । त्यस्तै, ५ सय ७१ एन्टिजेन परीक्षण गरिएको थियो । 



नेपालमा योसँगै अहिलेसम्मका सबैभन्दा धेरै सक्रिय संक्रमित पनि पुगेका छन् । मंगलबारसम्मको तथ्यांक हेर्दा अब ५९ हजार ७ सय ९८ जनामा कोरोनाका सक्रिय संक्रमित पुगेका छन् ।



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ३:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया