कोरोना कहर : भारतमा आधा लाख नेपाली अलपत्र
फाइल तस्बिर

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै सबैभन्दा बढी प्रभावित छिमेकी मुलुक भारतमा आधा लाखभन्दा बढी नेपालीहरु अलपत्र बनेका छन् । रोजगारीको खोजीमा तथा विभिन्न कामका लागि भारत पुगेका करिब ६० हजार नेपाली अहिले अलपत्र बनेका हुन् । 

भारतमा रहेको नेपाली दूतावासका अनुसार अहिले उद्धारकाे पर्खाईमा कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित करिब ६० हजार नेपाली भारतमा रहेका छन् । उनीहरु चरम संकटमा रहेको दूतावासले जनाएको छ । 

दूतावासका अनुसार दिल्ली र मुम्बईमा मात्रै ३० हजारभन्दा धेरै नेपाली अलपत्र अवस्थामा रहेका छन् । संक्रमणको दोस्रो लहरका कारण लकडाउन हुँदा नेपालीहरुको जनजीवन झनै सकसपूर्ण बन्न थालेको दूतावासले जनाएको छ । 

ती सहरसँगै गुजरात, महाराष्ट्र, पन्जाब, चेन्नई, राजस्थान लगायत विभिन्न स्थानबाट ६० हजारभन्दा धेरै नेपालीले अलपत्र परेको र आफूहरुलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेको दूतावासले जनाएको छ । 

दूतावासले ती नेपालीलाई स्वदेश फर्काउन पहल सुरु गरेको छ । जसका लागि दूतावासले अलपत्र परेका नेपालीहरुको अवस्थाबारे नेपाल र भारत सरकारसँग छलफल गरिरहेको जनाएको छ ।  





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ७:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया