एमाले विवादमा कोमल वली भन्छिन्, 'राजनीतिमा पर्खिन सक्नुपर्छ'

चर्चित गायिका तथा नेकपा एमालेको तर्फबाट राष्ट्रिसभा सदस्य रहेकी कोमल वलीले राजनीतिमा पर्खन सक्नुपर्ने बताएकी छन् । वलीले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । 

अहिले एमालेमा पद तथा जिम्मेवारीको विवाद चर्किएर फुटको दिशातर्फ उन्मुख भइरहेको अवस्थामा वलीले राजनीतिमा पर्खिन सक्नुपर्ने बताएकी हुन् । आफ्नो विचार र दृष्टिकोण सही छ भने पद खोजी खोजी आउने उनको भनाइ छ । 

उनले लेखेकी छन्, 'राजनीतिमा पर्खिन पनि सक्नुपर्छ । यदि विचार, दृष्टिकोण र अडानमा स्पष्ट भयो भने खोजि खोजि पद आउँछ । यो राजनीतिको चरित्र हो ।' 

वलीले एमालेका अहिले देखिएको द्वन्द्वमा पनि पर्खाईले काम गर्ने बताइन् । एमाले सबैको पार्टी भएको भन्दै उनले विधि र विधान सबैजनाले पालना गर्नुपर्ने बताइन् । 

उनले लेखेकी छन्, 'एमाले भित्र देखिएको द्वन्द्वमा साथीहरूले पर्खिन पनि सक्नुपर्छ । यो पार्टी हामी सबैको हो । विधि र विधान हामी सबैले पालना गर्नुपर्छ ।'





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ९:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया