संघीय संसद अन्तर्गत दुवै सदनका सदस्यहरुको आज कोरोना परीक्षण गरिँदै छ । संसदको विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्न लागेको हो ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पिसिआर परीक्षण आज गर्न लागिएको हो ।
यसैगरी विशेष अधिवेशनकै तयारीका लागि भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकार तथा स्वकीय सचिवालयका कर्मचारी लगायतको कोरोना परीक्षण गर्ने संसद सचिवालयको तयारी छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म पिसिआर परीक्षणका लागि स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।