च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बुधबार इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड खेल्दैछन् ।
खेल चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा नेपाली समयअनुसार राति पौने एक बजेदेखि सुरु हुनेछ ।
चोटका कारण लामो समय मैदान बाहिर रहेका रियलका कप्तान सर्जियो रामोसले यही खेलबाट पुनरागमन गर्ने भएका छन् ।
रामोस मार्च यता पहिलोपटक मैदानमा उत्रिँदैछन् । उनी पिँडुलाको चोटका कारण १ महिनाभन्दा बढी समय मैदान बाहिर रहेका थिए ।
पहिलो लेग गुमाएका फर्लान्ड मेन्डी, इडेन हजार्ड र फिडे भाल्भाडे पनि दोस्रो लेगमा रियलको टिममा उपलव्ध हुनेछन् ।
चोटका कारण डिफेन्डर रफाइल भाराने, लुकास भास्केस र ड्यानी कार्भाजलले भने यो खेल गुमाउने छन् ।
चेल्सीका मेसन माउन्ट, मटियो काभासिस र एन्टोनियो रुडिगरले पनि रियलविरुद्धको खेल गुमाउने छन् ।
पहिलो लेगमा घरेलु मैदानमै १–१ को बराबरी खेलेको रियललाई फाइनल पुग्न कम्तिमा पनि १–० जित आवश्यक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।