अल्पमतमा परे ओली

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आजदेखि अल्पमतमा परेको छ। फागुन २३ मा साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि गठबन्धनमा परिणत सरकारको समर्थन आजदेखि माओवादीले फिर्ता लिएपछि ओली अल्पमतमा परेका हुन्।

यसअघि नै सत्तारुढ दलबाट प्रतिपक्षको कुर्सीमा पुगेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन बल्ल संसद सचिवालयमा बुझाएको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने बताएपछि मात्रै माओवादी समर्थनबाट पछि हटेको हो।

ओलीले देशलाई मध्यावधि चुनावमा लाने त्रासमा रहेको माओवादीले अहिले बाध्यतामा परेर समर्थन फिर्ता लिएको हो। माओवादीका नेता देव गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएका छन्। 

माओवादीको हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार समर्थन फिर्ताको पत्र बुझाएको हो । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब ओली सरकारलाई १२१ जना सांसदको मात्रै समर्थन रहेको छ। ४८ सांसद भएको माओवादीले हात झिकेपछि ओली अल्पमतमा परेका छन्। 





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १२:२३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया