इटालियन क्लब युभेन्टसका पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको अन्त्य पूर्व क्लब स्पोटिङ सिपी लिस्वानबाट गर्ने चाहना रहेको बताएका छन् ।
रोनाल्डो र युभेन्टसबीचको सम्झौता सन् २०२२ मा सकिँदैछ तर उनले यही समरमा क्लब छाड्नसक्ने हल्ला चलिरहेको छ ।
एक पोर्चुगिच समाचारपत्रले रोनाल्डो स्पोटिङ फर्कन आतुर रहेको बताएको छ ।
समाचारपत्रमा उल्लेख गरिएको छ, ‘५ पटकका बालुन डिओर विजेता ३६ वर्षीय रोनाल्डो ४० वर्षसम्म खेल्न सक्छन् र परिवारले पनि उनी स्पोटिङ फर्कने कुरामा समर्थन गरेको छ ।’
गत वर्ष रोनाल्डकी आमाले रोनाल्डोको नम्बर अंकित स्पोटिङको जर्सी च्यापेको भिडियोले राम्रै चर्चा पायो ।
क्लबले सम्मानस्वरुप आफ्नो घरेलु मैदानलाई रोनाल्डोको नाम दिएको छ भने एकेडेमीको नाम पनि क्रिस्टियानो रोनाल्डो राखेको छ ।
रोनाल्डोले आफ्नो व्यावसायिक करियरको सुरुवात स्पोटिङबाटै गरेका थिए । सन् २००३ मा इङ्लिस क्लब म्याचेस्टर युनाइटेड आएपछि उनको चर्चा हुन थाल्यो ।
सन् २००९ सम्म म्यानचेस्टरमा बिताएपछि उनी स्पेनिस क्लब रियल मड्रिड पुगे । उनले रियलमा आफ्नो व्यावसायिक करियरको सबैभन्दा उत्कृष्ट क्षण बिताए ।
रोनाल्डो सन् २०१८ मा रियल छाडेर युभेन्टस पुगे । इटालीमा उनको प्रदर्शन निकै उतारचढावपूर्ण रहँदै आएको छ ।
रोनाल्डोको निकै आलोचना भइरहेकाले पनि उनी इटाली छाड्ने मनासयमा रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।