प्रधानमन्त्री ओलीलाई रामकुमारीको चेतावनी : हामी त डुब्छौँ नै, तिमीलाई पनि डुबाउँछौं
दम्भ, अहङ्कार र जिद्दी छोड्न आग्रह

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहंकार त्याग्न अपिल गरेकी छन्। प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारी भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेकी झाँक्रीले यस्तो बताएकी हुन्। 

ओलीलाई विश्वासको मतमा फेल गराउने गरी माधव नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बाक्लो उठबस गरिरहेका बेला नेतृ झाँक्रीले यस्तो भनेकी हुन्। 

उनले आफूहरु डुब्ने बताउँदै दम्भ, अहंकार र जिद्दी नछाडेमा ओलीलाई पनि लिएर डुब्ने बताएकी हुन्। स्मरणीय छ माधव नेपाल समूहले वैशाख २७ गते कुनै हालतमा ओलीलाई फेल गराउने योजना बनाइरहेको छ। 

नेपाल समूहका कम्तीमा २१ सांसदले सकेसम्म वैशाख २६ मै सामूहिक राजीनामा, त्यसो नभए संसदमै नजाने यदि त्यो पनि नभए फ्लोर क्रस गरेर भए पनि ओलीलाई ढालि छाड्ने योजना बनाइरहेको छ। 

यस्तोमा नेतृ झाँक्रीले आफूहरूसँगै ओलीलाई पनि डुबाउने दाबी गरेकी हुन्। 'हामी त डुब्छौँ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ', उनले ओलीप्रति लक्षित गर्दै भनेकी छन्, 'यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज, विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।'



उनले एउटा हिन्दी सायरी सम्झिँदै डुब्नबाट बच्ने हो भने बेलैमा किनारा खोज्न ओलीलाई सुझाएकी छन्। 'हिन्दीमा एउटा कहावत छ, 'हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे.... अगर डुब्नें से बच्ना हैं तो किनारा ढुढों।'

हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने...

Posted by Ramkumari Jhakri on Wednesday, May 5, 2021


  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १४:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया