गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण देखिएको छ। पोखरामा गरिएको स्वाब परीक्षणबाट मुख्यमन्त्री गुरुङमा कोरोना पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेले बताए

मंगलबार स्वाब संकलन गरेर पोखरामै गरिएको परीक्षणबाट उनमा कोरोना देखिएको हो। यसअघि यही मंगलबार गुरुङ गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित भएका थिए।

त्यहँ कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि सहभागी थिए। पछिल्लो समय गण्डकीको राजधानी पोखरामा कोरोना तीव्र गतिमा फैलिरहेको छ 





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १५:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया