५ अंकले घट्यो नेप्से, लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा

सेयर कारोबारको मापक नेप्से परिसूचक बुधबार ५ दशमलव ०९ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २६४९.६० बिन्दुमा झरेको छ । अघिल्लो दिन झिनो अंकले बढेको परिसूचक यस दिन भने घटेको हो । 

नेप्से परिसूचक घटेसँगै बजारमा ठूला तथा राम्रा कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यस दिन १.६३ अंकले घटेको छ । यससँगै सेन्सेटिभ इन्डेक्स ४७३.८२ बिन्दुमा झरेको छ । 

समग्र नेप्से परिसूचक घटे पनि बुधबार कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबार २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर कुल ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा खरिद-बिक्री भएको थियो । जबकि बुधबार २१८ कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर कुल ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ । यस दिन मुख्य गरी हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण देखिएको छ । विगत केही दिनदेखि लगातार बढिरहेको हाइड्रोपावर उपसमूहको सूचक बुधबार पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ । उच्च सेयरमूल्य बढ्ने कम्पनीहरूमा हाइड्रोपावर कम्पनीको बाहुल्यता धेरै छ ।

१६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

बुधबार १६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ती कम्पनीका सेयर ९ प्रशितभन्दा धेरैले बढेर कारोबार भएका हुन् ।



उच्च रुपले सेयरमूल्य बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावर कम्पनी छन् । यस दिन रिद्धि हाइड्रोपावर र रैराङ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी हाइड्रोको ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन उच्च रुपले सेयरमूल्य बढ्ने कम्पनीमा भने लघुवित्त कम्पनीहरु पनि धेरै देखिएका छन् । यस दिन आशा लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.४३ प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको ३.२५ प्रतिशत, इन्फिनिटी लघुवित्तको ३.१९ प्रतिशत र सबैको लघुवित्तको ३.१२ प्रतिशतले घटेको छ ।



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १६:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया