नेपालमा सक्रिय संक्रमित ६६ हजार नाघे, घरमै छन् ६१ हजार

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या नै ६६ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको हो। 

नेपालमा रहेका सक्रिय संक्रमितमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसन रहेका छन्। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार बाँकी ४ हजार ७ सय ६४ संक्रमित संस्थागत आइसोलेसन र अस्पतालमा रहेका छन्। 

मन्त्रालयका अनुसार निको हुने दर पनि घटेर ८० प्रतिशतमा झरेको छ। गौतमका अनुसार बुधबारसम्म निको हुने दर घटेर ८०.६ प्रतिशतमा झरेको छ।





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १६:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया