सहयोगी नेताहरुसहित देउवा निवास पुगे प्रधानमन्त्री

एमालेका केही नेताहरु लिएर प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्। 

वैशाख २७ मा विश्वासको मत लिने निर्णयपछि आफूविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहले घेराबन्दी गरेपछि ओली देउवा निवास पुगेका हुन्।

उनी करिब ४० मिनेट अगाडि बूढानीलकण्ठ पुगेर देउवासँग सम्वाद थालेका छन्। एमाले अध्यक्षसमेत रहेका ओलीको साथमा महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पुगेका छन्। 





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १७:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया