सात जना ओभरसियरमा कारोना : नागढुङ्गा सुरुङमार्गको काम प्रभावित

नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गमा कार्यरत ७ जना ओभरसियरलाई कोरोनाको संक्रमण देखिएको छ । सरकारले तोकेको मापदण्ड अपनाएर काम भए पनि साइटमा खटिने ७ जना ओभरसियरमा कोरोना संक्रमण देखिएपछि सुरुङमार्गको काम प्रभावित भएको हो ।

तीव्र गतिले काम हुँदै आएको यस सुरुङ मार्गमा निषेधाज्ञापछि केही असर परेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

‘निषेधाज्ञा भए पनि हामीले सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु पालना गरेर निरन्तर काम गरिरहेका छौं, तर आज मात्रै ७ जना ओभरसियरलाई कोरोना संक्रमण देखिएको छ, यसले कामलाई केही प्रभाव पार्ने अनुमान हामीले गरेका छौं,’ उनले भने ।

यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुको मंगलबारको बैठकले पुराना पासहरु खारेज गर्ने निर्णय गरेसँगै कामका लागि ओहोर दोहोर गर्न समस्या भइरहेको उनले बताए ।

‘नयाँ पास लिनका लागि आज छलफल भइरहेको छ, नयाँ पास मिल्यो भने काम धमाधम हुन्छ’, उनले भने, ‘पास नमिले समस्या केही रोकावट आउँछ । त्यसमा पनि ओभरसियरहरुमा कोरोना देखिएपछि केही कामदारहरु पनि डराएका छन्, उनीहरुलाई हामीले सुरक्षित किसिमले काम गराइरहेका छौं ।’

उनका अनुसार अहिले साइटमा ५ सय जना कामदार छन् । 



दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ मिटर खन्ने काम भइरहेको उनले बताए । अबको १४ महिनाभित्र अरु काम बाँकी रहे पनि सुरुङ खन्ने काम सम्पन्न हुने उनको भनाइ छ ।

काठमाडौँको थानकोट दहचोकदेखि-सिस्नेखोलासम्म सुरुङको लम्बाइ २.५ किमि, चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १७:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया