कोरोना संक्रमित मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना, अक्सिजन लेभल घट्यो

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजनको लेभल घटेपछि उनी अस्पतालमा भर्ना भएका हुन् । 

मदनकृष्ण श्रेष्ठ वैशाख ६ गते कोरोना संक्रमित भएका थिए । होम आइसोलेसनमा बसिरहेका बेला छातीमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी हस्पिटलमा भर्ना गरिएकाे थियो । हस्पिटलमा ८ दिनको बसाइमा उनको शरीरमा सुधार आएपछि उनी पुनः घरमा फर्किएका थिए ।

घरमा आएको १/२ दिनमै अक्सिजनको लेभल कमी भएर पुनः अस्पताल पठाएको छोरा यमन श्रेष्ठले बताएका छन् ।  यमनका अनुसार उनलाई  वैशाख १९ गते  पनि ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएकाे थियाे । 


 





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १८:१९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया