फ्रन्टलाइनरको कोभिडका कारण मृत्यु भए २५ लाख क्षतिपूर्ति

कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा लागेकाहरुको कोभिड १९ का कारण मृत्यु भए प्रदेश सरकारले २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ  ।

बुधबार बसेको मन्त्रिपरिषदको बैैठकले प्रदेश सरकारले खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी र कर्मचारीको कोभिड–१९ का कारणबाट मृत्यु भएमा परिवारलाई क्षतिपूर्तिस्वरुप पच्चीस लाख रूपैयाँ प्रदान गर्ने  निर्णय गरेको हो ।

वैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि खटिएका कर्मचारीहरुलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्नेसमेत निर्णय गरेको छ ।

प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकारमातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो ।  

यसैगरी, कोभिड–१९ बाट कोरोना रोकथाम र निदानमा खटिएका कर्मचारी संक्रमित भई बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी, कोभिड–१९ बाट संक्रमित भई होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभई घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्चसमेत प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १८:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया