कर्णालीमा थप ४९७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ४ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ६६ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो । 

नयाँ संक्रमितहरु सुर्खेतका ३ सय ८, दैलेखमा ४७, जुम्लाका २०, जाजरकोटका १४, सल्यानका २२, रुकुमपश्चिमका ५४, कालिकोटका १३, मुगुका १८ र डोल्पाका १ जना रहेका छन् । 

योसँगै कुल संक्रमित आरटी पिसिआर विधिबाट ९ हजार ५ सय ८० र एन्टिजेन विधिबाट १ हजार ५ सय ४० जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल निको हुनेको संख्या ७ हजार ७ सय ९ रहेको छ । 

पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल संक्रमितमध्ये ६५ जनाको मृत्यु भएको छ । यस्तै, प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा २ हजार ७ सय ८५ जना संक्रमित रहेका स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १८:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया