गण्डकी प्रदेश प्रमुख पदभार ग्रहणसँगै विवादमा

गण्डकी प्रदेशकी प्रमुख सीता कुमारी पौडेलले बुधबार पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहणका क्रममा उनले दिएको अभिव्यक्तिका कारण पौडेल विवादमा तानिएकी छिन् । 

प्रदेश प्रमुखले सत्ता पक्षलाई पक्षपोषण हुनेगरी पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै विपक्षी दलका संसदीय दलका नेताहरुले विज्ञप्ति प्रकाशन गरेरै उनको अभिव्यक्तिको आलोचना गरेका छन् । 

पदभार ग्रहणका क्रममा उनले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव निष्क्रिय भएको, सभामुखले प्रदेश सभालाई लथालिंग पारेकोलगायत अभिव्यक्ति दिएकी थिइन् । 





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार २०:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया