च्याम्पियन्स लिग : चेल्सीले पक्का गर्यो सिटीसँगको उपाधि भिडन्त, मड्रिड पराजित

इङ्ग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगको उपाधि भिडन्त पक्का गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो । 

यससँगै यसपटकको च्याम्पियन्स लिगको उपाधि भिडन्त इङ्ग्लिस क्लबहरु बीच हुने भएको छ । पहिलो सेमिफाइनलबाट उपाधि भिडन्त पक्का गरेको म्यानचेस्टर सिटी र चेल्सी च्याम्पियन्स लिगको उपाधिका लागि लड्ने भएका छन् । 

चेल्सीले सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । प्रिमियर लिग क्लब चेल्सीले समग्रमा ३–१ को नतिजा सहित फाइनल उपाधि भिडन्त पक्का गर्यो ।

दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गरे । वार्नरले खेलको २८औँ मिनेटमा र माउन्टले खेल सकिन ५ मिनेट अघि गोल गरे । 

अब चेल्सीले टर्कीको इस्तानबुलमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल्नेछ । उसले सन् २००८ मा म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो । त्यस्तै, सन् २०१२ मा बायर्न म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

च्याम्पियन्स लिगको फाइनल पुगेको चेल्सीले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाइनल समेत खेल्दैछ । यता, च्याम्पियन्स लिगको फाइनल पुग्ने क्रममा सिटीले मंगलबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको थियो । 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ६:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया